गृहपृष्ठ सरकारमा बस्ने मन्त्रीहरूलाइ कुनै दलप्रति ढल्किने छुट हुदैन : गृहमन्त्री अर्याल

सरकारमा बस्ने मन्त्रीहरूलाइ कुनै दलप्रति ढल्किने छुट हुदैन : गृहमन्त्री अर्याल


पुस २५, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा बस्ने मन्त्रीहरू कुनै पनि दलप्रति ढल्किन नहुने बताएका छन् । शुक्रबार (पुस २५) ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नागरिक सरकारका मन्त्रीहरू निष्पक्ष रहनुपर्नेमा जोड दिए ।

गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित उक्त गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, आन्तरिक मामिला मन्त्रीलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै त्यसका लागि सरकार पूर्ण रूपमा तयारीमा जुटिसकेको बताए । तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नगर्न उनले आग्रह गरे ।

उनले जेन–जी आन्दोलन सुशासन कायम गर्न लक्षित रहेको उल्लेख गर्दै सुशासन प्रवर्द्धनमा सरकार दृढतापूर्वक प्रतिबद्ध रहेको बताए । तोकिएको समयमा निर्वाचन नभए देशले गम्भीर संकटको सामना गर्न सक्ने चेतावनी दिँदै उनले सरकारको मनोबल बढाइदिन सबै पक्षसँग आग्रह गरे ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले यसपटकको निर्वाचनमा विगतजस्तो भय र त्रासको वातावरण नभए पनि अविश्वासको अवस्था भने कायम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु