गृहपृष्ठ दोलखामा अलपत्र २२ निर्माण ठेक्का तोडियो : पूर्वाधार मन्त्रालय
दोलखामा अलपत्र २२ निर्माण ठेक्का तोडियो : पूर्वाधार मन्त्रालय
असाेज २३,२०२४
बुटवल टाइम्स
दोलखा – दोलखामा वर्षौंदेखि अलपत्र रहेका २२ वटा निर्माण आयोजनाका ठेक्का सम्झौता तोडिएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटले विभिन्न आयोजनाको जिम्मा लिएर निर्माण कार्य अघि नबढाउने व्यवसायीहरूसँगको ठेक्का सम्झौता तोडेको हो।
आर्थिक वर्ष २०७९/८० देखि सम्झौता भएका आयोजनाहरू लामो समयसम्म अलपत्र परेपछि सम्बन्धित निर्माण व्यवसायीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
सडक डिभिजनले पटक–पटक लिखित ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढाएपछि ठेक्का सम्झौता तोडिएको हो।
ठेक्का तोडिएपछि बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च र भएको क्षतिको मूल्याङ्कन गरी कायम हुने रकम ३० दिनभित्र सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुल गर्ने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ।
















