गृहपृष्ठ १२ समस्याग्रस्त सहकारीका २३५ बचतकर्ताको रकम फिर्ता
१२ समस्याग्रस्त सहकारीका २३५ बचतकर्ताको रकम फिर्ता
Oplus_16908288
असाेज २७,२०८३
बुटवल टाइम्स
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ वटा समस्याग्रस्त सहकारीका २३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकता दिँदै रकम फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनका क्रममा प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। आगामी दिनमा बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने कार्य निरन्तर भइरहेको समितिले जनाएको छ।

















