गृहपृष्ठ सभापति बनेपछि गगन थापा पहिलोपटक सानेपा जाँदै

सभापति बनेपछि गगन थापा पहिलोपटक सानेपा जाँदै


असाेज २४,२०८३
बुटवल टाइम्स

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन्।
१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापा दिउँसो २ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ। त्यसक्रममा उनले अनौपचारिक कुराकानी गर्नेछन्।
गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका थिए। केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु