गृहपृष्ठ ‘लोकतन्त्रमा कुनै खतरा छैन, खतरा भए जनताले जोगाउनेछन्’ : रवि लामिछाने

‘लोकतन्त्रमा कुनै खतरा छैन, खतरा भए जनताले जोगाउनेछन्’ : रवि लामिछाने

Oplus_16908288

असाेज १८,२०८३
बुटवल टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नरहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले ‘लोकतन्त्र खतरामा छ’ भनेर गलत प्रचार नगर्न आग्रह गरे। उनले चुनावमा विदेशी चलखेलदेखि सुरक्षा निकायमाथि आरोप लगाएर जनमतको अपमान नगर्नसमेत आग्रह गरे।
उनले भने, “लोकतन्त्रमा कुनै खतरा छैन, खतरा भए जनताले जोगाउनेछन्।”
लामिछानेले विषम परिस्थितिमा सरकार गठन भएकाले परिणाम देखिन केही समय लागेको बताउँदै सरकार सही बाटोमा अघि बढिरहेको दाबी गरे। उनले सरकारको विदेश नीति र अर्थ नीतिप्रति शंका नगर्न पनि आग्रह गरे।
उनका अनुसार सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्रीले र पार्टी सञ्चालनको जिम्मेवारी सभापतिले सम्हाल्ने गरी आफूहरूले फरक अभ्यास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु