गृहपृष्ठ नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि अस्थायी हल निर्माण अन्तिम चरणमा
नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि अस्थायी हल निर्माण अन्तिम चरणमा
चैत्र ४, २०८२
काठमाडौं – संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत्र १२ गते आयोजना गर्ने तयारीमा छ। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले सिंहदरबारभित्र अस्थायी हल निर्माण गरिएको हो।
हलमा माइक र बत्ती जडानलगायतका तयारीहरू तीव्र गतिमा भइरहेको प्रवक्ता गिरीले बताए। जेनजी आन्दोलनको क्रममा पुरानो संसद् भवनमा आगलागी भएपछि वैकल्पिक स्थानको आवश्यकता परेको थियो।
निर्माणाधीन बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरिएको छ र केही दिनभित्रै पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको छ।















