गृहपृष्ठ मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा खड्का पक्राउ
मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा खड्का पक्राउ
Oplus_16908288
असाेज २९,२०८३
बुटवल टाइम्स
काठमाडौँ । मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई बिहीबार ललितपुरबाट पक्राउ गरेको हो। ब्युरोका एक अधिकृतलाई उद्धृत गर्दै रातोपाटीले जनाएअनुसार मलेसिया जाने कामदारबाट बढी रकम असुल गरी सिन्डिकेट सञ्चालन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको थियो।
खड्काको समूहले तोकेका स्वास्थ्य संस्थाबाट कामदारको स्वास्थ्य परीक्षण गराउने व्यवस्था रहेको बताइएको छ। खड्का स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्ष तथा वैदेशिक रोजगार बोर्डका सदस्यसमेत थिए।
यसअघि पनि मलेसिया जाने कामदारसँग सम्बन्धित भिएलएन, वान स्टप सेन्टर र जिएसजी लगायतका संयन्त्रमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो।

















