गृहपृष्ठ ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा


असाेज २९ २०८३
बुटवल टाइम्स

काठमाडौ । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक झोझी कटैया गाविसका वडा नं. १ देखि ९ सम्मका यी परिवारले लामो समयदेखि बसोबास गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका हुन्।
उक्त क्षेत्रमा २०७२ सालमै नापजाँच सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया पूरा भएपछि हाल २३३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।
लालपुर्जा प्राप्त भएसँगै स्थानीय परिवारलाई जग्गाको स्वामित्वसम्बन्धी कानुनी सुरक्षा मिल्नुका साथै जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनसमेत सहज हुने अपेक्षा गरिएको छ। यसले जग्गासम्बन्धी विवाद समाधान गर्न र स्थानीयको आर्थिक गतिविधि सहज बनाउन पनि सहयोग पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु