गृहपृष्ठ भीमफेदीको बाँदरेभीरमा ईभी दुर्घटना, ११ घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर

भीमफेदीको बाँदरेभीरमा ईभी दुर्घटना, ११ घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर


कार्तिक १,२०८३
बुटवल टाइम्स

मकवानपुर । हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–१ स्थित बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल हेटौंडा अस्पताल लगिएको थियो।
गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा रौतहटका २६ वर्षीया चन्दा कुमारी, २३ वर्षीया शिवा कुमारी साह, ५ वर्षीय आर्यन साह, शान्तिकुमारी साह र शिवान्स साह रहेका छन्।
दुर्घटनापछि गाडी चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु