गृहपृष्ठ मधेश प्रदेशका मुख्यमन्त्रीमा जितेन्द्र सोनलले पदभार सम्हाले

मधेश प्रदेशका मुख्यमन्त्रीमा जितेन्द्र सोनलले पदभार सम्हाले


आश्विन ३०, २०८२

३० असोज, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्री सोनललाई पद तथा गोपनीयताको शपथ गराइन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनल बुधबार साँझ पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई नागरिक उन्मुक्ति पार्टीका एक सिटले पनि समर्थन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु