गृहपृष्ठ जनताको नाममा राजनीति, आफ्नै नाममा सम्पत्ति? देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी
जनताको नाममा राजनीति, आफ्नै नाममा सम्पत्ति? देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी
काठमाडौं, २५ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
उपचारका लागि हाल विदेशमा रहेका देउवा दम्पतीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ। सोही क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको स्रोतले जनाएको छ।
विभागले पछिल्लो समय उनीहरूको आर्थिक कारोबार तथा सम्पत्तिको स्रोतबारे विस्तृत छानबिन गरिरहेको थियो। सोही अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन तथा सोधपुछका लागि अदालतबाट पक्राउ पुर्जी जारी गरिएको बताइएको छ।















