गृहपृष्ठ सन्तुलित कूटनीति र आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता : प्रधानमन्त्री”

सन्तुलित कूटनीति र आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता : प्रधानमन्त्री”


जेठ १२, २०८३

बुटवल टाइम्स

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर सुधार, सुशासन र समावेशी आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा विभिन्न मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले नयाँ सरकार बने पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति अवलम्बन गर्दै छिमेकी तथा मित्रराष्ट्रसँग आपसी सम्मान र साझा समृद्धिको आधारमा सम्बन्ध अघि बढाउने उल्लेख गर्नुभयो। उहाँले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको पनि बताउनुभयो।

भेटका क्रममा उनले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्व समाधानका लागि सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

उक्त अवसरमा विभिन्न देशका राजदूतहरूले नेपालमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै नयाँ सरकारसँग सहकार्य र लगानी विस्तार गर्न सकारात्मक रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु