गृहपृष्ठ समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने
समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने
चैत्र ४, २०८२
काठमाण्डाै – निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई भोलि प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगले बिहीबार बिहान ११:३० बजे कान्तिपथस्थित आफ्नै कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरी निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जनाएको छ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट समानुपातिकतर्फ कुल ११० जना सांसद निर्वाचित भएका छन्। राजनीतिक दलहरूले प्राप्त मतका आधारमा सिट बाँडफाँट भई उनीहरू संसदमा प्रतिनिधित्व गर्नेछन्।
निर्वाचन आयोगले यसअघि नै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित १६५ जना सांसदहरूलाई प्रमाणपत्र वितरण गरिसकेको छ। अब समानुपातिकतर्फका सांसदहरूले पनि प्रमाणपत्र प्राप्त गरेसँगै प्रतिनिधि सभा पूर्ण रूपमा गठन हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
प्रमाणपत्र वितरणपछि नयाँ संसद गठन, शपथ ग्रहण तथा सरकार गठनका संवैधानिक प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।















