गृहपृष्ठ युवालाई विदेश पलायन रोक्न नवप्रवर्तन मन्त्रालय आवश्यक: महावीर पुन
युवालाई विदेश पलायन रोक्न नवप्रवर्तन मन्त्रालय आवश्यक: महावीर पुन
चैत्र ६, २०८२
काठमाडौँ— पूर्वशिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्रतिभाशाली युवाहरू विदेश पलायन हुनबाट रोक्न र उनीहरूलाई उद्यमी बनाउन शक्तिशाली नवप्रवर्तन मन्त्रालय आवश्यक रहेको बताएका हुन्।
उनले अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका लागि कुल गार्हस्थ्य उत्पादन (GDP) को कम्तीमा १ प्रतिशत बजेट छुट्याउनुपर्नेमा पनि जोड दिएका छन्। “यसो नगरे देशको विकास सम्भव हुँदैन,” उनले उल्लेख गरेका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजय हासिल गरेका हुन्। यसअघि जेनजी आन्दोलनपछि उनी शिक्षामन्त्री नियुक्त भएका थिए। निर्वाचनमा भाग लिन उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने तय भएको छ।















