गृहपृष्ठ सन्थाल समुदायका विश्वदीप बेश्रा बने नेपालका पहिलो जिल्ला न्यायाधीश

सन्थाल समुदायका विश्वदीप बेश्रा बने नेपालका पहिलो जिल्ला न्यायाधीश


२०८२ भदौ १६

झापाका विश्वदीप बेश्रा सन्थाल समुदायबाट पहिलो जिल्ला न्यायाधीश बनेका छन्। न्याय परिषद्ले उनलाई सहित ६ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको थियो। ४० वर्षीय बेश्रा यसअघि समुदायकै पहिलो शाखा अधिकृत र उपसचिव बनेका थिए।

सन्थाल समुदाय आर्थिक, सामाजिक र राजनीतिक रूपमा पिछडिएको छ। २०७८ को जनगणनाअनुसार नेपालमा सन्थालको संख्या ५७,३०१ हो। झापा र मोरङमा मुख्य रूपमा बसोबास गर्ने यस समुदायको बहुसंख्यक कृषि मजदुरीमा आश्रित छ।

बेश्राका परिवार ३ प्रतिशत भूमिधनीमा पर्छन् र उनका बुबा सरकारी शिक्षक थिए। कानुन पढेर आफ्नो समुदायको न्यायका लागि लड्ने लक्ष्यका साथ उनी वकिल बने र सरकारी सेवामा शाखा अधिकृत, उपसचिव हुँदै जिल्ला न्यायाधीशमा पुगे।

विश्वदीपले आफ्नो प्राथमिकता स्वच्छ, निष्पक्ष र पारदर्शी न्याय सम्पादन रहेको बताएका छन्। न्याय परिषदका सचिव अशोककुमार क्षेत्रीले बेश्राको नियुक्ति सबै मुलुकबासीका लागि प्रेरणादायी भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु