गृहपृष्ठ नेपाल कुनै सुरक्षा रणनीतिको हिस्सा हुँदैन : ओलीका सल्लाहकार खतिवडा

नेपाल कुनै सुरक्षा रणनीतिको हिस्सा हुँदैन : ओलीका सल्लाहकार खतिवडा


रासस

भाद्र १६,

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) सम्बन्धी कुनै सहमति नभएको प्रष्ट पारेका छन्।

सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनका अवसरमा भदौ १४ गते चीनको थियानजिनमा प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। उक्त भेटपछि८२

चीनतर्फबाट जारी गरिएको विज्ञप्तिमा नेपालले जीएसआईलाई समर्थन गरेको आशय सार्वजनिक भएपछि त्यसबारे प्रश्न उठेका थिए।

भेटमा सहभागी पूर्व अर्थमन्त्री समेत रहेका डा. खतिवडाले भने, “प्रधानमन्त्री ओलीको यो भ्रमण मूलत: एससीओ प्लस शिखर सम्मेलनका लागि हो। यस्ता सम्मेलनका साइडलाइन वार्तामा कुनै औपचारिक सहमति वा सम्झौतामा हस्ताक्षर हुँदैन र गरिएको पनि छैन। जीएसआईमा नेपाल पक्ष बनेको भन्ने प्रचार पूर्णत: गलत हो।”

उनका अनुसार नेपाल सरकारले संविधान र असंलग्न परराष्ट्र नीतिअनुसार कुनै पनि मुलुकको सुरक्षा रणनीतिको हिस्सा नबन्ने स्पष्ट धारणा राखेको छ।

डा. खतिवडाले दुई मुलुकबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) अन्तर्गत भएका विगतका सम्झौता र सहमति कार्यान्वयनलाई प्राथमिकता दिने विषयमा छलफल भएको बताए। साथै, सम्पर्क सञ्जाल विस्तार, औद्योगिक र पूर्वाधार विकास, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, जनस्तर सम्बन्ध र गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग आदानप्रदानका मुद्दा उठेको उनले जानकारी दिए।

उनका अनुसार चीन नेपालको सामाजिक–आर्थिक रूपान्तरणमा निरन्तर सहकार्य गर्न इच्छुक रहेको सन्देश भेटवार्ताबाट प्राप्त भएको छ।

यसअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा उनका समकक्षी लि छ्याङको उपस्थितिमा टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार विस्तार र भैसीँको मासु निर्यातलगायत विषयमा सहमतिमा हस्ताक्षर भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु