गृहपृष्ठ राजनीति
२१ भदौ, २०८२ विराटनगर । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा प्रवेश गर्न संविधानले रोक नगरेको स्पष्ट पारेका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “संविधानमा यसबारे निषेध गर्ने वा अनुमति दिने...
भाद्र २१, २०८२ ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको पहिलो दिन विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज हलमा...
२०८२ भदौ १५ गते बुटवल — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी थाल्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार बुटवलको वेलबासमा सम्पन्न लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले...
काठमाडौँ कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ। पार्टीले आन्तरिक प्राइमरी इलेक्सनसहितका चरण पूरा गरेर शनिबार थापाको नाम सार्वजनिक गरेको हो। यसअघि उम्मेदवार बन्न इच्छुक ९ जनाले...
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ का लागि उम्मेदवार चयन गर्न भदौ १२ र १३ गते प्राइमरी इलेक्सन गर्ने भएको छ। आवेदन दिएका सबै ९ जना आकांक्षी यस प्रतिस्पर्धामा उत्रिनेछन्। रास्वपा लुम्बिनी इन्चार्ज विपिन आचार्यका अनुसार,...
२६ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जिल्ला अदालत रुपन्देहीले जारी गरेको छ। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले आइतबार उक्त आदेश दिएको हो। सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि...
२२ जेठ, काठमाडौं । काभ्रे जिल्लाको साँगास्थित पतञ्जली योगपीठको नाममा खरिद भएको हदबन्दी जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार दायर गरेको मुद्दामा...
२२ जेठ, काठमाडौं । नेपालको राजनीतिक इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि औपचारिक रूपमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। माधवकुमार नेपाल प्रधानमन्त्री रहेको समय पतञ्जलि योगपीठलाई जडीबुटी खेती...
काठमाडौं, २२ जेठ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सत्ता गठबन्धनको मूल सर्तमध्ये एक संविधान संशोधन रहेको उल्लेख गर्दै अब त्यसतर्फ ठोस प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै उनले संविधान कार्यान्वयनमा देखिएका जटिलता...
काठमाडौं, २२ जेठ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले अघि सारेका मागहरू कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले गृहमन्त्री रमेश लेखकले संसदमै जवाफ...











