गृहपृष्ठ राजनीति

सैनिक कानुनपछिको पहिलो चुनावमा जनमत कतातिर? विश्लेषण आवश्यक
सैनिक कानुनपछिको पहिलो चुनावमा जनमत कतातिर? विश्लेषण आवश्यक

२० जेठ, सियोल । दक्षिण कोरियामा लामो समयदेखि चलेको आन्दोलनपछि नयाँ राष्ट्रपति चयनका लागि मङ्गलबार मतदान सुरु भएको छ। पूर्व राष्ट्रपति युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिनापछि जनताले लोकतान्त्रिक अभ्यासमा भाग लिँदै नयाँ नेतृत्व चुन्ने अवसर पाएका...

सभामुख घिमिरेको संयोजनमा असफल संवाद?—संयुक्त छलफलपछि दलहरू आ–आफ्नै क्याम्पमा
सभामुख घिमिरेको संयोजनमा असफल संवाद?—संयुक्त छलफलपछि दलहरू आ–आफ्नै क्याम्पमा

संसदभित्र स्थगित संवाद पुनः सुचारु गर्ने उद्देश्यले सभामुख देवराज घिमिरेले राखेको संयुक्त छलफलपछि सत्तापक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै रणनीतिक बैठकमा जुटेका छन्। संयुक्त छलफलमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई आफ्नो धारणा राख्न दिने प्रस्ताव अघि सारेका थिए। यद्यपि विपक्षी...

गणतन्त्र उत्सव जनताको गौरवको प्रतीक हो : एमाले महासचिव पोखरेल
गणतन्त्र उत्सव जनताको गौरवको प्रतीक हो : एमाले महासचिव पोखरेल

काठमाडौं — नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सवलाई जनताको खुशी, गौरव र उपलब्धिको दिनका रूपमा मनाउन थालिएको बताएका छन्। एमाले निकट प्रेस संगठन प्रेस चौतारी नेपालले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले गणतन्त्रलाई औपचारिकता मात्रै...

राप्रपाको अगुवाइमा राजसंस्थाका पक्षमा आन्दोलन, राजधानीमा व्यापक तयारी
राप्रपाको अगुवाइमा राजसंस्थाका पक्षमा आन्दोलन, राजधानीमा व्यापक तयारी

काठमाडौं । राजसंस्थाको पुनर्स्थापना तथा हिन्दू राष्ट्र घोषणाका लागि ‘संयुक्त जनआन्दोलन’ नामक आन्दोलन भोलिदेखि सुरु हुँदैछ । आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै आयोजक पक्षले २५ हजारभन्दा बढी समर्थकहरू राजधानीमा भित्रिसकेको दाबी गरेका छन् । यो आन्दोलन संयुक्त जनआन्दोलन समितिको...

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।

  बुटवल  सांसद गुरुङले दिएको राजीनामालाई औपचारिक रूपमा स्वीकार गर्दै लुम्बिनी प्रदेश सभाले उनलाई आजदेखि पदमुक्त गरेको हो। वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत गीता गुरुङले राजीनामा दिएको सार्वजनिक गरेका थिए। त्यसपछि गीताले आफ्नाे राजीनामा प्रदेशसभाको आधिकारिक...

सरकारद्वारा राप्रपाका तीन सांसदको पीएसओ एकै पटक फिर्ता
सरकारद्वारा राप्रपाका तीन सांसदको पीएसओ एकै पटक फिर्ता

१४ जेठ, काठमाडौं — सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदलाई उपलब्ध गराइएको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) एकै पटक फिर्ता बोलाएको छ। पीएसओ फिर्ता गरिएका सांसदहरूमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंह रहेका छन्।...

१५ जेठको कार्यक्रम रोक्न प्रधानमन्त्री सक्रिय, अभिव्यक्तिमा असहिष्णुता देखिएको लिङ्देनको आरोप
१५ जेठको कार्यक्रम रोक्न प्रधानमन्त्री सक्रिय, अभिव्यक्तिमा असहिष्णुता देखिएको लिङ्देनको आरोप

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले १५ जेठमा आयोजना गर्न लागेको कार्यक्रमप्रति प्रधानमन्त्री असहिष्णु बनेको आरोप लगाएका छन्। मंगलबार सञ्चार सम्पादकहरूसँगको छलफलमा लिङ्देनले प्रधानमन्त्रीको व्यवहार संविधानले प्रत्याभूत गरेको स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि हस्तक्षेपजस्तो...

गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कांग्रेसभित्रै प्रश्न: डा. शेखर कोइरालाको असन्तुष्टि, कार्यकर्ताको समर्थन
गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कांग्रेसभित्रै प्रश्न: डा. शेखर कोइरालाको असन्तुष्टि, कार्यकर्ताको समर्थन

विराटनगर, १४ जेठ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने कांग्रेस नेता डा. शेखर कोइरालालगायत नेताहरूलाई पार्टीभित्रै आलोचना भोग्नुपरेको छ। तर उनीहरूले उठाएको प्रश्नको पक्षमा कार्यकर्ताहरू खुलेर उत्रिएका छन्। शनिबार कोइरालाले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने सुझाव...

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग, विद्यार्थी संगठनदेखि संसदसम्म विरोध चर्कियो
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग, विद्यार्थी संगठनदेखि संसदसम्म विरोध चर्कियो

१३ जेठ, काठमाडौं । भिजिट भिसा काण्डको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि चर्को दबाब सिर्जना भएको छ। मंगलबार माइतीघर मण्डलमा विभिन्न युवा तथा विद्यार्थी संगठनहरूले संयुक्त प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन्। प्रदर्शनमा अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियू,...

एमालेको युवा संघमा नयाँ नेतृत्व चयन सहमतिको विकल्प टर्दै, निर्वाचन पक्का
एमालेको युवा संघमा नयाँ नेतृत्व चयन सहमतिको विकल्प टर्दै, निर्वाचन पक्का

काठमाडौं — सत्तारूढ नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन सहमतिको बाटोबाट निस्किन नसकेपछि निर्वाचनमा जाने पक्का भएको छ। युवा संघको १०औं महाधिवेशनअन्तर्गत मंगलबार बिहान मतदान हुने पक्का भएको हो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको...