गृहपृष्ठ सुलभ खरेल सक्रिय घरदैलोमा, मतदाताको उत्साह झल्कियो
सुलभ खरेल सक्रिय घरदैलोमा, मतदाताको उत्साह झल्कियो
१६ फागुन २०८२
कल्पना घिमिरे
बुटवल – रूपन्देही २ का प्रत्यक्षतर्फका उम्मेदवार सुलभ खरेलले तीव्र घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न टोल–बस्तीमा पुगेर उनले मतदातासँग भेटघाट, छलफल तथा सुझाव संकलन गर्दै आएका छन्।
घरदैलोका क्रममा कतिपय स्थानमा स्थानीयले माला र अबिर लगाएर स्वागत गरेका छन् भने कतै घण्टी बजाउँदै समर्थन जनाएका छन्। चुनावी माहोलसँगै देखिएको यस्तो उत्साहले मतदाताको सक्रिय सहभागिता झल्काएको छ।
खरेलले जनताको समस्या नजिकबाट बुझेर समाधानका पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले घरदैलो अभियानलाई मतदातासँग प्रत्यक्ष संवाद गर्ने प्रभावकारी माध्यमका रूपमा लिएको बताएका छन्।
लोकतन्त्रको वास्तविक शक्ति जनताको सक्रिय सहभागिता र सचेत निर्णयमा निर्भर हुन्छ। जब मतदाता जागरूक र जिम्मेवार हुन्छन्, तब मात्र राष्ट्रको दिशा सही मार्गतर्फ अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।










