गृहपृष्ठ दाहालको अपिल: एकता, स्वाधीनता र समृद्धिका पक्षमा मत दिनुहोस्
दाहालको अपिल: एकता, स्वाधीनता र समृद्धिका पक्षमा मत दिनुहोस्
१६ फागुन २०८२
कल्पना घिमिरे
रुपन्देही–५ को लुम्बिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले राष्ट्रको एकता, स्वाधीनता र समृद्धिका पक्षमा नेकपालाई समर्थन गर्न आग्रह गरे। देशमा अस्थिरता र तनाव निम्त्याउने प्रवृत्तिविरुद्ध सचेत रहनुपर्ने बताए ।
दाहालले भारत, चीन लगायत मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम राख्दै आर्थिक विकास, सुशासन र सामाजिक न्यायका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा छलफल अघि बढाउने उनले बताए।
उनले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै निकायको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। साथै रुपन्देही–५ का उम्मेदवार वकिल मुसलमानलाई विजयी गराउन आग्रह गर्दै बहुमत प्राप्त भए सुकुम्बासी समस्या समाधान तथा क्षेत्रीय विकासमा प्राथमिकता दिने बताए।










