गृहपृष्ठ बिश्वदीप पाण्डेको घरदैलो अभियान तीव्र, तारा चिन्हमा मतदान गर्न अपिल

बिश्वदीप पाण्डेको घरदैलो अभियान तीव्र, तारा चिन्हमा मतदान गर्न अपिल


१६ फागुन २०८२

बुटवल, — रूपन्देही क्षेत्र नं–२ का उम्मेदवार बिश्वदीप पाण्डेले शुक्रबार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

सयौं नेता–कार्यकर्ताको सहभागितामा सञ्चालन भएको कार्यक्रममा उनले सुशासन, विकास र समृद्धिका लागि नयाँ सोचसहितको नेतृत्व आवश्यक रहेको बताएका छन्। मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले परिवर्तनको अभियानमा सबैको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गरे।

तारा चुनाव चिन्हका उम्मेदवार पाण्डेले मतदाताको विश्वास र समर्थनले मात्र आफूहरूले आवश्यक जिम्मेवारी पूरा गर्न सक्ने बताए। “घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ, तर तपाईंहरूको दुःख–सुखमा साथ रहने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ,” उनले भने।

घरदैलो अभियानका क्रममा वडा नं ३, ४, ५ र ६ का विभिन्न टोलमा पुगेर मत मागिएको जनाइएको छ। उम्मेदवार स्वयं उपस्थित हुन नसकेका स्थानमा स्थानीय कार्यकर्ताले मतदातासँग भेटघाट गर्दै चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन्।

निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार निर्वाचन आचारसंहिताले तोकेको समयसीमासम्म अभियान जारी रहनेछ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी बुटवल उपमहानगर समितिले वडा नं १२ र १३ मा बृहत् र्यालीसहित घरदैलो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु