गृहपृष्ठ नागरिक केन्द्रित कानून बनाएर विकास अघि बढाउँछौँ : मन्त्री लम्साल

नागरिक केन्द्रित कानून बनाएर विकास अघि बढाउँछौँ : मन्त्री लम्साल


असाेज १६,२०८३
बुटवल टाइम्स

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानूनमा सुधार गर्दै विकास र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको बताएका छन्।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले लगानी तथा विकासका क्रममा देखिएका कानुनी समस्या सुधारमार्फत समाधान गरिने बताए।
उनले कानूनअनुसार राज्यको प्रणाली सञ्चालन हुनुका साथै त्यसको परिणामसमेत देखिनुपर्ने बताउँदै सरकार नागरिकमैत्री कानून निर्माणमा केन्द्रित रहेको उल्लेख गरे। ‘ऐन देशको ऐना हो, जस्तो ऐन हुन्छ, त्यस्तै राष्ट्र बन्छ,’ उनले भने।
मन्त्री लम्सालले विद्यमान ऐन तथा कानुनी व्यवस्थाले विकासको गति र परिणाममा समेत प्रभाव पार्ने भएकाले आवश्यक कानुन परिमार्जन गर्न खोजिएको बताए। तयार भएका कानुनका मस्यौदामाथि गहन अध्ययन गरी अझ प्रभावकारी र उत्कृष्ट बनाउन आवश्यक सुझाव समेटिनुपर्ने उनको भनाइ थियो।
पूर्वाधार निर्माणलाई थप गतिशील र प्रभावकारी बनाउन कानुनी सुधार महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सरकारको प्राथमिकता ‘पब्लिक सेन्ट्रिक पोलिसी’ अर्थात् नागरिक केन्द्रित नीति निर्माण रहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु