गृहपृष्ठ सुरु भयो माध्यमिक शिक्षा परीक्षा ः बोर्डद्वारा सघन निगरानी
सुरु भयो माध्यमिक शिक्षा परीक्षा ः बोर्डद्वारा सघन निगरानी
बुटवल,
कल्पना घिमिरे
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि मुलुकभर एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो।
परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको साथै वेदविद्याश्रम तहका लागि अनिवार्य संस्कृत रचना तथा मदरसा तहमा अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भइरहेको छ।
यसपटकको एसईईमा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भइरहेका छन्। अघिल्लो वर्षको तुलनामा यसपटक परीक्षार्थी संख्या ४९ हजार २८६ ले वृद्धि भएको बोर्डले जनाएको छ।
परीक्षा व्यवस्थापनका लागि १५० भन्दा बढी परीक्षार्थी भएका केन्द्रहरूमा एकजना सहायक केन्द्राध्यक्ष र प्रत्येक २० विद्यार्थीका लागि एक निरीक्षक खटाइएको छ। तर ७५ जना भन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको छैन।
यस वर्षको एसईई चैत १९ गतेसम्म सञ्चालन हुनेछ भने सबै परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सम्पन्न हुनेछन्।










