गृहपृष्ठ भाषा परीक्षा पास भए पनि कोरिया जान नपाएपछि प्रदर्शन

भाषा परीक्षा पास भए पनि कोरिया जान नपाएपछि प्रदर्शन


माघ १३, २०८२

काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण युवा–युवतीहरूले लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले कृषि तथा पानीजहाज क्षेत्रको रोस्टरमा वर्षौंसम्म नाम रहँदा पनि रोजगारदाताले छनोट नगरेको र भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकाले दुई वर्षको म्याद थप गर्नुपर्ने माग राखेका छन्।

उनीहरूले “इपीएसको लुट धन्दा बन्द गर”, “कृषि तथा पानीजहाजको रोस्टर अवधि थप गर”, “पासरलाई छिटो भन्दा छिटो कोरिया लगियोस्”, “२ वर्ष म्याद थप गरियोस्” जस्ता नाराहरू प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु