गृहपृष्ठ “बंगलादेश: सडक आन्दोलनमा ३ प्रहरी अधिकारीमाथि मृत्युदण्डको फैसला

“बंगलादेश: सडक आन्दोलनमा ३ प्रहरी अधिकारीमाथि मृत्युदण्डको फैसला


माघ १३, २०८२

ढाका — बंगलादेशमा सन् २०२४ को हिंसात्मक सडक आन्दोलनमा उनीहरूको कथित भूमिकाका कारण पूर्व ढाका प्रहरी आयुक्त हबीबुर रहमान, पूर्व संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उप–आयुक्त मोहम्मद अख्तरूल इस्लामलाई सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ।

न्यायाधिकरणले ढाकामा अगस्ट ५, २०२४ को घटनामा छ जनाको मृत्यु भएको पुष्टि गर्दै सहायक प्रहरी आयुक्त मोहम्मद इमरूललाई ६ वर्ष, इन्स्पेक्टर अर्शद होसैनलाई ४ वर्ष र तीन कन्स्टेबललाई ३–३ वर्ष कैद सजाय सुनाएको छ।

सुनुवाइका क्रममा मृत्युदण्ड पाउने तीन जना अधिकारी अनुपस्थित थिए। यसअघि नै तत्कालीन प्रधानमन्त्री शेख हसिना र गृहमन्त्री असदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको फैसला सुनाइएको थियो।

न्यायाधिकरणका प्रमुख अभियोजकले जेल सजाय पाउनेहरूको फैसला अपेक्षाकृत हल्का भएको भन्दै पुनरावेदन दर्ता गर्ने बताएका छन्। शेख हसिना भारतमा बस्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु