गृहपृष्ठ शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
माघ ६, २०८२
काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन्।
पुनले जिल्ला निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। उनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र पठाएको बुझिएको छ।
स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई नेकपा एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष माइलन पुर्जाले समर्थन जनाएका छन्। वडाध्यक्ष पुर्जाले यसअघि म्याग्दीमा एमालेबाट युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए।










