गृहपृष्ठ मङ्सिर २६ भित्र समानुपातिक आवेदन स्वीकृति दिने आयोगको तयारी

मङ्सिर २६ भित्र समानुपातिक आवेदन स्वीकृति दिने आयोगको तयारी


मंसिर २५, २०८२

काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ताका लागि आवेदन दिएका राजनीतिक दलहरूले नाम फिर्ता लिन चाहेको खण्डमा आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकेको छ।

आयोगका अनुसार समानुपातिक तर्फका लागि हालसम्म १०० राजनीतिक दलले आवेदन दर्ता गराएका छन्। प्राप्त आवेदनको अध्ययनपछि मङ्सिर २६ गतेसम्म स्वीकृति दिने व्यवस्था गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक दल दर्ता अवधि खुला गरेको थियो।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा

  • १६५ सदस्य प्रत्यक्ष प्रणालीबाट

  • ११० सदस्य समानुपातिक प्रणालीबाट
    निर्वाचित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु