गृहपृष्ठ बारामतीमा विमान दुर्घटना: महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

बारामतीमा विमान दुर्घटना: महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन


माघ १४, २०८२

मुम्बई |महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ। उनी ६६ वर्षका थिए। दुर्घटना बिहान करिब ८:४५ बजे बारामती विमानस्थलमा अवतरणका क्रममा भएको हो।

प्रारम्भिक जानकारीअनुसार मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको चार्टर्ड विमान अवतरणको क्रममा धावनमार्ग नजिक दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा अजित पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।

नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले घटनामा पाँच जनाको ज्यान गएको आधिकारिक रूपमा पुष्टि गरेको छ। यसअघि केही सञ्चारमाध्यममा छ जनाको मृत्यु भएको उल्लेख भए पनि पछिल्लो विवरणअनुसार पाँच जनाको मृत्यु भएको जनाइएको छ।

अजित पवार महाराष्ट्र पञ्चायत चुनावको प्रचारका लागि चारवटा चुनावी सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए। घटनाका बेला शरद पवार र सुप्रिया सुले दिल्लीमा रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। DGCA र सम्बन्धित निकायको टोली घटनास्थलतर्फ पठाइएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु