गृहपृष्ठ इरानद्वारा खामेनेई मारिएको पुष्टि , ४० दिने राष्ट्रिय शोककाे घोषणा
इरानद्वारा खामेनेई मारिएको पुष्टि , ४० दिने राष्ट्रिय शोककाे घोषणा
बुटवल टाइम्स
१७ फागुन २०८२
काठमाडौँ — इरानले अमेरिकी–इजरेली संयुक्त आक्रमणमा परी आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको इरानी मिडियाले पुष्टि गरेको जनाएको छ।
उनी अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाइ आक्रमणमा मारिएको दाबी गरिएको छ। यसअघि Donald Trump ले पनि खामेनेई मारिएको उल्लेख गरेका थिए।
इरानी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा परी उनकी छोरी, ज्वाइँ र नाति समेत मारिएका छन्।
४० दिने राष्ट्रिय शोक घोषणा
खामेनेईको निधनप्रति शोक व्यक्त गर्दै इरान सरकारले ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
इरानको रिभोलुसनरी गार्ड निकट समाचार संस्था Fars News Agency का अनुसार उनको निधनको शोकमा ४० दिनसम्म राष्ट्रिय शोक मनाइनेछ।















