गृहपृष्ठ ट्रम्पका अनुसार रुस र युक्रेन दुवै सम्झौता गर्न इच्छुक छन्

ट्रम्पका अनुसार रुस र युक्रेन दुवै सम्झौता गर्न इच्छुक छन्


माघ ८, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि दुवै देश सम्झौतामा आउन इच्छुक रहेको दाबी गरेका छन्। दाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा बोल्दै उनले युद्ध समाधानको प्रयास “धेरै हदसम्म सफल” भइसकेको बताए। ट्रम्पले यो द्वन्द्व युरोपको जिम्मेवारी भएको, नेटोले अमेरिकासँग अन्यायपूर्ण व्यवहार गरेको र आफू राष्ट्रपति भएको भए युद्ध नै नहुने दाबी दोहोर्‍याए। उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संवाद भइरहेको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ताका प्रयास अघि बढिरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु