गृहपृष्ठ समाचार
माघ १८, २०८२ काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। सरकारले यसअघि...
माघ १४, २०८२ काठमाडौँ । यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन राष्ट्रपति पौडेललाई...
माघ १३, २०८२ काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण युवा–युवतीहरूले लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले कृषि तथा पानीजहाज क्षेत्रको रोस्टरमा वर्षौंसम्म नाम रहँदा पनि रोजगारदाताले छनोट...
माघ १३, २०८२ काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निरीक्षण गरेकी छन् । सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्थानीय बासिन्दाका सरोकारलाई गम्भीर रूपमा लिएर समाधान खोज्न निर्देशन दिइन् । विकास निर्माणका...
माघ १२, २०८२ काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न सर्कुलर गरेको छ। निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि आचारसंहिता लागू गरेको...
माघ १२, २०८२ काठमाडौँ । देशमा प्रतिनिधि सभा निर्वाचनको माहोल तातेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता र निर्वाचन चिह्न वितरण सम्पन्न भइसकेको छ। देशभर ३ हजार ४ सय ३८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनको चहलपहल गाउँ–गाउँमा...
माघ ८, २०८२ म्याग्दी । बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशक लामो प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेको हो। नागरिकताका...
पुस २८, २०८२ काठमाडौँ – जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्दै सर्वपक्षीय सरकार गठनको माग गरेको छ। समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै नयाँ प्रणालीअनुसार सरकार गठन गर्नुपर्ने जिकिर गरेको छ। ढुंगानाले भने,...
पुस २८, २०८२ काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि खटाइने निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ। नेपाल प्रहरीले पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत इच्छुक उम्मेदवारबाट आवेदन लिन सुरु गरेको हो। आवेदन खुला...











