गृहपृष्ठ गृह मन्त्री अर्यालद्वारा निर्वाचन सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायलाई निर्देशन”

गृह मन्त्री अर्यालद्वारा निर्वाचन सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायलाई निर्देशन”


२३ माघ २०८२

काठमाडौंमा गृह मन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ गरेका छन्। गृह मन्त्रालयमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखी कुनै कमजोरी नहुनेगरी तयारी गर्न निर्देशन दिएका छन्।

बैठकले विगतका निर्णयहरूको कार्यान्वयन समीक्षा गर्दै निर्वाचन नजिकिँदै गर्दा आउनसक्ने थप चुनौतीहरूलाई सम्बोधन गर्ने रणनीति तय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्। बैठकमा गृह तथा रक्षा मन्त्रालयका सचिव, चारवटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरू सहभागी थिए।

केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ बमोजिम जिम्मेवार निकायहरूद्वारा भइरहेको कार्य, जनशक्ति परिचालन र बन्दोबस्ती योजना समीक्षा गरेको छ।

बैठकले विशेष गरी:

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रहरीको अत्याधुनिक युनिटलाई प्रभावकारी बनाउने,

निर्वाचनविरोधी गतिविधि गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउने,

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने,

खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बिमा गर्ने,

सञ्चार सम्पर्क नभएका मतदानस्थलको आवश्यक व्यवस्था सुनिश्चित गर्ने,

निर्वाचन आचारसंहिताको उल्लंघन हुने भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्तिमा निगरानी राख्ने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु