गृहपृष्ठ “ढुंगाना समूहको माग : सर्वपक्षीय सरकार गठन, पुराना नेताहरूलाई नेतृत्व नदिने”
“ढुंगाना समूहको माग : सर्वपक्षीय सरकार गठन, पुराना नेताहरूलाई नेतृत्व नदिने”
पुस २८, २०८२
काठमाडौँ – जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्दै सर्वपक्षीय सरकार गठनको माग गरेको छ। समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै नयाँ प्रणालीअनुसार सरकार गठन गर्नुपर्ने जिकिर गरेको छ।
ढुंगानाले भने, “सर्वसहमतिको सरकार बनाएर मात्रै निर्वाचनमा जानुपर्छ। पुराना शीर्ष नेताहरूले नेतृत्व गर्ने होइन।” उनले प्रणाली नै बिग्रिएको अवस्थामा वैधानिकता मात्र हेर्न नहुने र सर्वसहमति आवश्यक भएको जोड दिए।
समूहले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म बोक्न नसकेको भन्दै राजनीतिक दल र नागरिक समाजसँग मिलेर सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग राखेको छ।










