गृहपृष्ठ जनकपुरधाममा पूर्वराजा ज्ञानेन्द्र शाहको धार्मिक यात्रा
जनकपुरधाममा पूर्वराजा ज्ञानेन्द्र शाहको धार्मिक यात्रा
माघ १२, २०८२
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भ्रमण विशुद्ध धार्मिक उद्देश्यका लागि भएको बताएका छन्।
परिवारसहित जनकपुरधाम आएका पूर्वराजा शाहले जानकी मन्दिरसहित विभिन्न मठ–मन्दिरमा पूजा–पाठ गरेका छन्। पूजा सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो पारिवारिक धार्मिक यात्रा मात्र भएको स्पष्ट पारे।
सोमबार दिउँसो जानकी मन्दिर पुगेका पूर्वराजा परिवारलाई समर्थकहरूले स्वागत गरेका थिए। जानकी मन्दिरमा पूजा गरेपछि पूर्वराजा शाह करिब आधा किलोमिटर पैदल यात्रा गर्दै राम मन्दिर पुगेका थिए।
यात्राका क्रममा हिन्दुवादी संघ–संगठन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले ‘राजा आऊ, देश बचाउ’ भन्ने नाराबाजी गरेका थिए।










