गृहपृष्ठ निर्वाचन आचारसंहिता लागू गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिका र जिससलाई सर्कुल

निर्वाचन आचारसंहिता लागू गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिका र जिससलाई सर्कुल


माघ १२, २०८२

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न सर्कुलर गरेको छ।

निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि आचारसंहिता लागू गरेको थियो। मन्त्रालयले पालिका र जिल्लालाई आ-आफ्नो क्षेत्रमा प्रभावकारी कार्यान्वयन गर्न पत्राचार गरेको हो।

सरकारले पुस १२ गते नेपाल राजपत्रमा आचारसंहिता सार्वजनिक गरेको थियो। यसलाई राष्ट्रियसभा निर्वाचन (माघ ११) र आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि लागू गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु