गृहपृष्ठ आईसीसी पुरुष टी–२० विश्वकप २०२६ आजबाट औपचारिक रूपमा सुरु

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ आजबाट औपचारिक रूपमा सुरु


२४ माघ २०८२

माघ, मुम्बई।
मुम्बईस्थित आइकोनिक वाङ्खेडे स्टेडियममा आज आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को औपचारिक उद्घाटन हुँदैछ।

शनिबार साँझ आयोजना हुने उद्घाटन समारोहमा संगीत, आतिशबाजी र विशेष कार्यक्रम प्रस्तुत गरिनेछ। समारोहसँगै विश्वकप औपचारिक रूपमा सुरु हुनेछ।

उद्घाटन खेलमा सह–आयोजक भारतले समूह ‘ए’ अन्तर्गत अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। खेलअघि उद्घाटन समारोहका कार्यक्रम सञ्चालन गरिनेछन्।

यसैबीच, विश्वकपका खेलहरू अन्य स्थानहरूमा सुरु भइसकेका छन्। अर्को सह–आयोजक श्रीलंकामा समूह ‘ए’ कै पाकिस्तान र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ। यस्तै, समूह ‘सी’ अन्तर्गत वेष्ट इन्डिज र स्कटल्याण्ड भारतको कोलकातास्थित एडेन गार्डेनमा प्रतिस्पर्धामा उत्रिएका छन्।

क्रिकेटको छोटो ढाँचा टी–२० विश्वकपले यस वर्ष दुई दशक पूरा गर्न लागेको छ। सन् २००७ मा भारतबाट सुरु भएको यो प्रतियोगिताको यो पुरुष टी–२० विश्वकपको दशौँ संस्करण हो। टी–२० क्रिकेटलाई सबैभन्दा रोमाञ्चक र अनिश्चित खेल ढाँचाका रूपमा लिइन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु