गृहपृष्ठ घर–घरबाट उठ्दै रुपन्देही–१ मा परिवर्तनको सन्देश

घर–घरबाट उठ्दै रुपन्देही–१ मा परिवर्तनको सन्देश


१७ फागुन २०८२

कल्पना घिमिरे

रुपन्देही–१ का टोल–टोल, घर–घरमा अहिले एउटै सन्देश गुञ्जिरहेको छ—
“एकमा घण्टी बजिसक्यो!”
यो नारा केवल चुनावी उद्घोष मात्र होइन, स्थानीय तहदेखि संघीय प्रतिनिधित्वसम्म नयाँ विकल्पप्रतिको बढ्दो उत्साह र अपेक्षाको संकेतका रूपमा प्रस्तुत गरिएको छ। घरदैलो अभियानका क्रममा लम्सालले मतदाताका समस्या, सुझाव र गुनासाहरू प्रत्यक्ष रूपमा सुन्दै समाधानको प्रतिबद्धता दोहोर्‍याइरहेका छन्। उनी भन्छन्् परिवर्तनको चाहना अब घर–घरबाट व्यक्त हुन थालेको छ यसलाई भावनात्मक नाराभन्दा पनि काम, सुशासन र परिणाममुखी राजनीतिक विकल्पको प्रतीकका रूपमा अघि सारेकाे उल्लेख गरे ।

सुनील लम्साल अहिले घरदैलो अभियानमा व्यस्त छन्। बिहानदेखि साँझसम्म जनताको आँगनमा पुगेर हातेमालो गर्दै, समस्या सुन्दै र समाधानको खाका सुनाउँदै उनी मत मागिरहेका छन्। यो केवल भोट माग्ने यात्रा होइन— यो विश्वास जोड्ने अभियान हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्रीसमेत रहेका लम्सालले घरदैलोमा स्पष्ट भनिरहेका छन्—
“हामी नाराले होइन, नीतिले परिवर्तन गर्छौं। भाषणले होइन, कामले प्रमाण दिन्छौं।”

घरदैलोमा उठेका मुख्य सवाल
घर–घर पुग्दा जनताले उठाएका प्रश्नहरू प्रष्ट छन्—
स्वास्थ्य सेवा किन टाढा छ?
कृषि किन घाटामा छ?
नदी कटान किन रोकिँदैन?
युवाले रोजगारी कहाँ पाउँछ?

लम्सालको जवाफ पनि प्रष्ट छ—
✔ १५ मिनेटभित्र आपतकालीन स्वास्थ्य सेवा
✔ सिँचाइ र कृषि सुधार
✔ रोहिणी नदी करिडोर विकास
✔ सीपमूलक शिक्षा र रोजगारी कार्यक्रम
✔ भूमिहीन र सुकुम्बासी समस्या समाधान

उनले घरदैलोमा दोहोर्‍याइरहेका छन्—
“समस्या सुन्न आएको होइन, समाधान गर्न आएको हुँ।”

परिवर्तनको मनोविज्ञान
काठमाडौँ महानगरपालिकामा मेयर बालेन्द्र शाह सँग काम गर्दा देखिएको परिणामलाई उदाहरण दिँदै उनी भन्छन्—
“सिस्टम चाहियो भने सुधार हुन्छ, इच्छाशक्ति भए परिणाम आउँछ।”

घरदैलोमा वृद्ध आमाबुबाको आशिर्वाद, युवाहरूको साथ र आम जनताको उत्साहले अभियानलाई थप ऊर्जा दिइरहेकाे उनलेे बताउँछन्

लम्साल भन्छन् नीति गालीको होइन, नीति र तथ्यको राजनीति हो।
रुपन्देही–१ मा यसपटकको निर्वाचनले केवल प्रतिनिधि छान्ने छैन, राजनीतिक संस्कारको दिशानिर्देश गर्नेछ

रुपन्देही–१ का मतदातालाई उनको अन्तिम अपिल छ“यदि तपाईँ परिवर्तनको पक्षमा हुनुहुन्छ भने,
यदि तपाईँ काममुखी राजनीति चाहनुहुन्छ भने,
यसपटक एकमा घण्टी बजाउनुस्।” अब निर्णय तपाईँको।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु