गृहपृष्ठ प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पुरा : भण्डारी
प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पुरा : भण्डारी
१८ फागुन २०८२
बुटवल टाइम्स
काठमाडौं — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापन तथा कर्मचारी खटनपटनको काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका हुन्। उनका अनुसार मतदान अधिकृतहरू आ–आफ्नो मतदान केन्द्र र स्थलमा पुगिसकेका छन् भने मतदानका लागि आवश्यक सामग्रीहरू समेत सम्बन्धित स्थानमा पुर्याइसकिएको छ।
आयोगले ४ फागुनदेखि १८ फागुनसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको थियो। निर्धारित कार्यतालिका अनुसार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने छ। मौन अवधि मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहनेछ।
आयोगले मतदातालाई शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी हुन आह्वान समेत गरेको छ।










