गृहपृष्ठ विकसित राजनीतिक अवस्थाले पार्टी एकता आवश्यक बनायो : प्रचण्ड

विकसित राजनीतिक अवस्थाले पार्टी एकता आवश्यक बनायो : प्रचण्ड


पुस २९, २०८२

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकसित राजनीतिक परिस्थितिको सामना पुरानै चल्ते/चलाते ढङ्गबाट सम्भव नभएकाले पार्टी एकता र रूपान्तरणको प्रक्रिया अघि बढाइएको बताएका छन्।

मंगलबार नेकपाका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले जनआन्दोलनपछिको परिस्थितिले पार्टी एकता र रूपान्तरणलाई अनिवार्य बनाएको उल्लेख गरे।

प्रचण्डले नवयुवाहरूले चाहेको सामाजिक न्याय, समृद्ध नेपाल र भ्रष्टाचारमुक्त समाज निर्माण पार्टीको प्रमुख लक्ष्य रहेको बताए। “नवयुवाहरूले परिकल्पना गरेको नेपाल निर्माणका लागि हामी प्रतिबद्ध छौँ,” उनले भने, “पहिलो चरणमा सांगठनिक संरचना निर्माण गरी नेता तथा कार्यकर्तालाई कार्यक्षेत्रमा परिचालन गर्नेछौँ।”

उनले पार्टी एकतासँगै राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै वाम एकतालाई पनि थप मजबुत बनाउँदै अघि बढ्नुपर्ने बताए।

कृषि, रोजगारी तथा प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै समाजवादको यात्रामा अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु