गृहपृष्ठ लोसपा–जसपा एकीकरणपछि ११० उम्मेदवारले नाम फिर्ता लिए

लोसपा–जसपा एकीकरणपछि ११० उम्मेदवारले नाम फिर्ता लिए


पुस २९, २०८२

काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फ दर्ता भएका १७५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका अनुसार नाम फिर्ता लिनेहरू १७ वटा विभिन्न दलका उम्मेदवार हुन्। लोसपा र जसपा एकीकरण भएपछि लोसपाका ११० जना समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका कारण फिर्ता लिनेको संख्या उल्लेख्य रूपमा बढेको हो।

निर्वाचन कार्यक्रमअनुसार १३ र १४ पुसमा दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए। ५८ चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने गरी ६४ दलले बन्दसूची दर्ता गराएका थिए। आयोगका अनुसार सबै दलबाट गरी समानुपातिकतर्फ ३ हजार ४ सय २४ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ।

उम्मेदवारले नाम फिर्ता लिएपछि रिक्त भएका स्थानमा नयाँ उम्मेदवारको नाम पठाउन दलहरूलाई ३० पुसदेखि २ माघसम्मको समय दिइएको छ। आयोगका अनुसार जुन समावेशी समूहबाट नाम फिर्ता लिइएको हो, सोही समूहबाट मात्र नयाँ नाम प

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु