गृहपृष्ठ क्यानका निलम्बित पूर्वमहानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान
क्यानका निलम्बित पूर्वमहानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान
- मंसिर २१, २०८२
नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ।
आइतबार विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आदेश दिएपछि अधिकारीलाई डिल्लीबजार कारागार चलान गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिपोर्ट निर्माणमा अनियमितता भएको भन्दै अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि उनलाई तत्काल कारागार पठाइएको प्रहरी स्रोतले जनाएको छ।









