गृहपृष्ठ रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारका लागि आवेदन खुला गर्यो
रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारका लागि आवेदन खुला गर्यो
- मंसिर २१, २०८२
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि आजदेखि आवेदन खुला गरेको छ।
उम्मेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यद्वारा जारी सार्वजनिक सूचनामा पार्टीका योग्य तथा इच्छुक सदस्यलाई आन्तरिक छनोट प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।
पार्टीले मोबाइल एपमार्फत आवेदन दिनुपर्ने व्यवस्था मिलाएको छ। प्रत्यक्षतर्फका उम्मेदवारका लागि आवेदन शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने समानुपातिकतर्फका उम्मेदवारका लागि ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
आर्थिक समस्या भएका आवेदकले भने विपन्नताको परिचयपत्र र पार्टीको पालिका कमिटीको सिफारिसपत्र सहित पेश गरेमा शुल्क छुट पाउने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
रास्वपाले यसअघि विहीबार मात्र समानुपातिक प्रणालीअन्तर्गतको उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको थियो।


















