गृहपृष्ठ भारतको गोवा नाइटक्लबमा आगलागी हुँदा चार नेपालीको मृत्यु

भारतको गोवा नाइटक्लबमा आगलागी हुँदा चार नेपालीको मृत्यु


मंसिर २२, २०८२

काठमाडौं — भारतको गोवास्थित बिर्च एन्ड रोमियो नाइट क्लवमा शनिबार मध्यरात भएको भीषण आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भारतीय अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये २० जना क्लवका कर्मचारी र ५ जना पर्यटक छन्। क्लवका कर्मचारीमध्ये तीन नेपाली रहेको जानकारी दिएका छन्।

भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको नामसूची अनुसार मृतकमध्ये चुर्नबहादुर पुन, विवेक कटवाल, तथा पहिचान खुल्न बाँकी रहेका सविनसुदीप गरी चार जना नेपाली रहेका छन्। उनीहरूको पूरा ठेगाना भने खुलाइएको छैन।

घटना राति करिब १२ बजे क्लवभित्र करीब १०० जना मानिस नाचगानमा व्यस्त रहेको समयमा अचानक आगलागी सुरु भएको बताइएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु