गृहपृष्ठ चीनको भिक्ट्री परेड दिवाभोजमा विदेशी नेताहरूका लागि विशेष मेनु
चीनको भिक्ट्री परेड दिवाभोजमा विदेशी नेताहरूका लागि विशेष मेनु
२०८२ भदौ १६
काठमाडौं — चीनका राष्ट्रपति सी जिनफिङले भिक्ट्री परेडमा सहभागी २६ देशका विशिष्ट पाहुनाका लागि आयोजित दिवाभोजको मेनु हङकङको सरकारी पत्रिका वेन वेइ पोले सार्वजनिक गरेको छ।
दिवाभोजमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्षस्थ नेताहरू सहभागी थिए। मेनुमा परम्परागत चिनियाँ परिकारसँगै अन्तर्राष्ट्रिय शैलीका परिकार पनि समावेश गरिएको थियो। 
मेनुमा शंखे कीराको मासुसहितको चिकन सुप, भेडाको मासु (ल्याम्ब चप), स्टर फ्राइड लबस्टर, विभिन्न प्रकारका च्याउ, रोस्टेड सालमोन, फ्राइड राइस, पिँडालुबाट बनेको केक, आँपको केम तथा हेबई प्रान्तको रातो र सेतो वाइन समावेश थिए।








