गृहपृष्ठ श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको शानदार विजयी

श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको शानदार विजयी


बुटवल,कल्पना घिमिरे

गुल्मीको रानीवासस्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले अत्यधिक मतसहित विजय हासिल गरेको छ। निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानललाई पछि पार्दै क्रान्तिकारी समूहका अध्यक्ष पदका उम्मेदवार विशाल थापासहित सम्पूर्ण प्यानल विजयी बनेका छन्।

निर्वाचन अधिकृत लक्ष्मण प्रसाद उपाध्यायका अनुसार, कूल १०६ मत खसेकोमा अध्यक्ष पदका उम्मेदवार विशाल थापाले ६५ मत ल्याएर जित हात पारेका छन्। उनका प्रतिस्पर्धी नेविसंघ–अनेरास्ववियु गठबन्धनका उम्मेदवार नेत्र प्रसाद ज्ञवालीले ४१ मत प्राप्त गरेका थिए।

सचिव पदमा अखिल क्रान्तिकारीकी पुष्पा कुँवर ५३ मतसहित विजयी भइन् भने उनकी प्रतिस्पर्धी बिन्ध्या रानाले ४६ मत प्राप्त गरिन्। कोषाध्यक्षमा पनि क्रान्तिकारीकै सिर्जना बस्याल ५५ मत ल्याएर निर्वाचित भइन्, जबकि प्रतिस्पर्धी लक्ष्मी ज्ञवालीले ४९ मत ल्याइन्।

अन्य विजयी सदस्यहरूमा बिपना थापा (६० मत), अप्सरा परियार (५६ मत), र दया पौड्याल (५६ मत) ले जित हात पारेका छन्। प्रतिस्पर्धीहरूमध्ये मनदिप श्रेष्ठले ४९ मत, करिना सोमैले ४६ मत, र दिपा पन्थले ४४ मत प्राप्त गरेका थिए।

यस जितसँगै श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीतिमा अखिल क्रान्तिकारीको प्रभाव पुनः बलियो बनेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु