गृहपृष्ठ बंगलादेशमा हुने जुडो च्याम्पियनसिपका लागि नेपाली टोली ढाका प्रस्थान

बंगलादेशमा हुने जुडो च्याम्पियनसिपका लागि नेपाली टोली ढाका प्रस्थान


बिहीबार, जेठ ८, २०८२

काठमाडौं । बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली टोली ढाका प्रस्थान गरेको छ। टोलीमा १२ खेलाडीसहित दुई प्रशिक्षक रहेका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

प्रतियोगिता आइतबार र सोमबार हुनेछ, जसमा सात पुरुष र पाँच महिला खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्।

पुरुषतर्फ:

  • ४५ केजीमुनि: रिवाज लामा तामाङ

  • ५० केजीमुनि: सभर पौडेल

  • ५५ केजीमुनि: बुद्ध गुरुङ

  • ६० केजीमुनि: सविनकुमार दियाली

  • ६६ केजीमुनि: विशेष विक

  • ७३ केजीमुनि: प्रयास तामाङ

  • ७३ केजीमाथि: विज्ञान तिखत्री

महिलातर्फ:

  • ४४ केजीमुनि: समिता नेपाली

  • ४८ केजीमुनि: निशा श्रेष्ठ

  • ५२ केजीमुनि: विनिता नेपाली

  • ५७ केजीमुनि: पेमा याङजी शेर्पा

  • ६३ केजीमुनि: रेखा श्रेष्ठ

टोलीसँग प्रशिक्षकका रूपमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु