गृहपृष्ठ NPL भिडन्त: सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सलाई पहिलो ब्याटिङ

NPL भिडन्त: सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सलाई पहिलो ब्याटिङ


काठमाडौँ— काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत आज बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने खेलका लागि टस सम्पन्न भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले फिल्डिङ रोजेका छन्। त्यसअनुसार लुम्बिनी लायन्सले पहिलो ब्याटिङ गर्नेछ।

लुम्बिनीले अघिल्लो खेलको तुलनामा टोलीमा एक परिवर्तन गरेको छ। जोनाथन स्मिथको स्थानमा थोमस ड्राका प्लेइङ–११ मा समावेश भएका छन्।
सुदूरपश्चिम रोयल्सले भने अघिल्लो खेलमै खेलेका खेलाडीहरूलाई निरन्तरता दिएको छ।

सुदूरपश्चिम रोयल्सको टोली

दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहोरा, नरेन साउद, इसान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेलाइन, जोस ब्राउन, हरमित सिंह

लुम्बिनी लायन्सको टोली

रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि एआरसी जोन म्याथु सर्ट, गुल्बदिन नइब, रुवेन ट्रम्पलम्यान, थोमस ड्राका

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु