गृहपृष्ठ मुम्बई र पञ्जावबीच आज निर्णायक भिडन्त, शीर्ष स्थानका लागि प्रतिस्पर्धा

मुम्बई र पञ्जावबीच आज निर्णायक भिडन्त, शीर्ष स्थानका लागि प्रतिस्पर्धा


काठमाडौँ । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार प्लेअफमा पुगेका दुई सशक्त टिम — मुम्बई इन्डियन्स र पञ्जाव किंग्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। जयपुरमा नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुने उक्त खेल दुवै टिमका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको छ।

लिग चरणको यो अन्तिम खेल दुवै टिमका लागि शीर्ष दुई स्थान सुरक्षित गर्ने अन्तिम मौका हो। खेल जित्ने टिम अंक तालिकाको शिर्ष स्थानमा पुग्नेछ, जसले प्लेअफमा अतिरिक्त फाइदा दिलाउनेछ। पराजित टिमका लागि भने अन्तिम चारमा रहेर अगाडि बढ्नुपर्ने अवस्था आउन सक्छ।

वर्तमानमा पञ्जाव १३ खेलमा १७ अंकसहित दोस्रो स्थानमा छ भने मुम्बई १६ अंकसहित चौथो स्थानमा रहेको छ। दुबै टिमले समान १३ खेल खेलिसकेका छन् र आजको जितले अंक तालिकाको समीकरण परिवर्तन गर्नेछ।

विशेष कुरा के भने, यस सिजनमा यी दुई टिमबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो, जसले खेललाई झनै रोचक बनाएको छ। टिमको वर्तमान लय, खेलाडीहरूको प्रदर्शन र अंकतालिकाको अवस्था हेर्दा आजको खेल ‘डु-अर-डाइ’ जस्तै देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु