गृहपृष्ठ ४८ महिला सहित रास्वपाले समानुपातिकतर्फ ५७ जनाको नाम टुङ्गायो
४८ महिला सहित रास्वपाले समानुपातिकतर्फ ५७ जनाको नाम टुङ्गायो
चैत्र १, २०८२
बुटवल टाइम्स
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ।
आइतबार बसेको रास्वपाको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष सहित ५७ जनाको नामावली प्रस्ताव गरेको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्।
प्रवक्ता झाका अनुसार प्रस्तावित सूची विभिन्न सामाजिक क्लस्टरका आधारमा यसरी विभाजन गरिएको छः
खस–आर्य: १७ जना
आदिवासी जनजाति: १६ जना
मधेसी: ९ जना
दलित: ८ जना
थारु: ४ जना
मुस्लिम: ३ जना
रास्वपाले कुन क्लस्टरबाट को–को परे भन्ने नाम भने हालसम्म सार्वजनिक गरेको छैन।
प्रवक्ता झाका अनुसार अब यो सूची निर्वाचन आयोगमा पठाइने छ अायाेगले यी नामावली रुजु गरेर स्वीकृति गरेपछि मात्रै अन्तिम नामावली सार्वजनिक गरिनेछ।










