गृहपृष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
२९फागुन २०८२
बुटवल टाइम्स
काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो।
एमाले सचिव पद्मा अर्यालले मोहन प्रसाद ओलीको निधन भएको जानकारी दिएकी हुन्। केही दिनदेखि अस्वस्थ रहेका उनलाई आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ।
मोहन प्रसाद ओली हाल गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए। गएराति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो।
स्रोतका अनुसार उनको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित ओली निवासमा लगिनेछ। आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको छ।










